|
|
 |
Home > Media >Press Release
|
Press Release

|
 |
संस्थापक शेयरको कारोबार शुरुवात — 2008-03-31
यस धितोपत्र बजारमा सूचिकृत संस्थापक शेयरको कारोवार मूल्य खरीदकर्ता र विक्रीकर्ताको आपसी मोलतोलबाट तोकिने र यस्तो मूल्य साधारणतया र्सवसाधारणलाई विक्री गरेको शेयरको मूल्य भन्दा भिन्न अर्थात कम हुने भएतापनि यस्तो संस्थापक शेयरको कारोबार साधारण शेयरको बजार मूल्यको आधारमा गर्न गराउनुपर्ने बाध्यात्मक व्यवस्थाबाट संस्थापक शेयर निर्वाधरुपमा बजारमा आई कारोबार हुन समस्या परिरहेको यथार्थलाई मध्यनजर गर्दै यस व्यवस्थालाई समयानुकुल गरी आज मिति २०६४/१२/१८ देखि यसको छुट्टै कारोवार शुरुवात गरिएको व्यहोरा यस विज्ञप्ति मार्फ जानकारी गराइन्छ ।
साधारणतया संस्थापक शेयरको कारोवार चुक्ता पूँजीको ५ प्रतिशत भन्दा वढी शेयर एकै लटमा कारोवार हुने भए धितोपत्र वजारको स्वीकृतिमा सदस्य दलाल मार्फ हुनसक्ने प्रावधानलाई २ प्रतिशतमा झारी यसलाई अझ बढी प्रभावकारी तथा व्यवहारिक बनाउने प्रयास गरिएको छ ।
धितोपत्र बजारले नेपाल धितोपत्र वोर्डको स्वीकृति तथा नेपाल सरकार, अर्थमन्त्रालयको सहमतीमा संस्थापक शेयरको प्रथम कारोवारका लागि देहाय अनुसारको न्यूनतम मूल्य सीमा तोकी कारोवार हुने व्यवस्था गरेको छ । ...
Please download the pdf file for more detail.
Download / Open presspromotorshare.pdf
|
|
|
|