|
|
 |
Home > Media >Press Release
|
Press Release

|
 |
प्रेस विज्ञप्ति (ओभर द काउण्टर बजार सम्बन्धी ) — 2008-05-27
यस नेपाल स्टक एक्सचेञ्जले तर्जुमा गरेको ओभर द काउण्टर (ओ.टी.सी.) बजार सम्बन्धी विनियमावली, २०६५ लाई नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेको छ । उक्त विनियमावलीमा व्यवस्था भए अनुसार स्टक एक्सचेञ्जबाट सूचिकरण खारेज भएका कम्पनीहरु, सूचिकरण हुन आवश्यक शर्तहरु पूरा गर्न नसक्ने संग ित संस्थाहरु र सूचिकरण प्रक्रियामा नआएका अन्य पब्लिक कम्पनीले र्सार्वजनिक निष्काशन गरेका शेयरलाई खरिद विक्री योग्य तुल्याउन ओ.टी.सी. बजार अर्को सातादेखि संचालनमा आउनेछ । शेयर दलालबिना सोझै स्टक एक्सचेञ्जमा छुट्टै काउण्टरको व्यवस्था गरी यो ओ.टी.सी. बजार संचालन हुन लागेको हो ।
यसबाट विभिन्न चरणमा स्टक एक्सचेञ्जबाट खारेजीमा परेका कम्पनीका शेयर लगानीकर्ताहरु लाई बजारको व्यवस्था भई तरलता उपलब्ध हुनेछ भने स्टक एक्सचेञ्जमा सूचिकरण हुनका लागि आवश्यक शर्त पुरा गर्न नसक्ने साना कम्पनीलाई पनि पँूजी परिचालन गर्ने अवसर उपलब्ध हुनेछ । एक्सचेञ्जबाट हालसम्म नेपाल बैंक लिमिटेडसमेत ३८ कम्पनीको ९६ करोड ३२ लाख रुपैयाँ बराबरका शेयर सूचिकरण खारेज भएको छ ।
यस व्यवस्थाले उपर्युक्त कम्पनीको साविक शेयर लगानीकर्ताहरुलाई धितोपत्र विक्री गर्ने विशेष अवसर प्रदान गरी तरलता उपलब्ध गराउनेछ भने नयाँ लगानीकर्ताहरुलाई नया लगानीको अवसर प्रदान गर्नुका साथै संग ित संस्थालाई पूँजी संकलनका लागि नयाँ बजार उपलब्ध गराउनेछ । ओ.टी.सी. बजारको व्यवस्थाबाट पूँजी बजारको विस्तार र लगानीकर्ताको हितमा नयाँ आयाम थपएकिो स्टक एक्सचेञ्जले विश्वास लिएको छ ।
यसरी संचालन हुन लागेको ओ.टी.सी. बजारको कारोबारमा २५ हजार रुपैयाँसम्म २ प्रतिशत, २५ हजार १ देखि ५० हजार रुपैयाँसम्म १.५ प्रतिशत र ५० हजार १ रुपैयाँ भन्दा माथि १ प्रतिशत सेवा शुल्क निर्धारण गरिएको छ ।
Download / Open otc080527.doc
|
|
|
|