|
|
 |
Home > Media >Press Release
|
Press Release

|
 |
नेपाल दूरसंचार कम्पनी लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड वीच शेयर सूचिकरण गर्ने सम्झौता सम्पन्न — 2008-08-14
आज मिति २०६५/४/३० गते नेपालको शेयर बजारमा हालसम्मकै ूलो रकमको शेयर सूचिकरण भएको छ । नेपाल दूरसंचार कम्पनी लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड वीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु १००।- कायम भएको रु. १५ अर्ब बराबरको १५ करोड कित्ता साधारण शेयर सूचिकरण गर्ने सम्झौता सम्पन्न भयो । यस अघि रकमका आधारमा सवभन्दा ूलो बुटवल पावर कम्पनीको झण्डै रु ८४ करोड बराबरको ८४ लाख कित्ता शेयर सूचिकरण भएको थियो ।
कम्पनीले र्सवसाधारण समक्ष नागरीक लगानी कोष मार्फ ७५ लाख कित्ता -कुल शेयर कित्ताको ५ प्रतिशत) खुल्ला विक्री आव्हान गरेकोमा झण्डै ५३ लाख कित्ता -विक्रीका लागि राखिएको शेयरको झण्डै ७० प्रतिशत) र्सवसाधारणले खरीद गरेको, कम्पनीको वर्तमान तथा पर्ूव कर्मचारीहरुमा वितरण गरिएको ७४ लाख कित्ता - कुल शेयर कित्ताको ५ प्रतिशत) तथा कम्पनीका संस्थापकहरुले लगानी गरेको १३ करोड ७२ लाख कित्ता -कुल शेयर कित्ताको ९० प्रतिशत) समेत गरी जम्मा १५ करोड कित्ता शेयर वितरण भई यस स्टक एक्सचेन्जमा सूचिकरण भएको हो । सूचिकरणको सूचना र्सार्वजनिक मितिले ७ दिन पश्चात अर्थात आ ौं दिनमा विधिवत कम्पनीको शेयर्रर् इजाजत प्राप्त सदस्य दलालहरु मार्फ कारोवार हुने प्रावधान छ । टेलिकमको शेयर सूचिकरणपछि कुल सूचिकृत कम्पनीहरुको संख्या १४३ पुगेकोे छ ।
please download pdf file for more detail.
Download / Open NTCPRESS.pdf
|
|
|
|