|
|
 |
Home > Media >News
|
News

|
 |
सूचिकृत कम्पनीहरुलाई हस्ताक्षर र नामसारी सम्बन्धी अत्यन्त जरुरी सूचना — 2008-08-26
शेयर सदस्य दलाल मार्फ यस लि. मा कारोवार हुनु अघि दाखिला खारेज निवेदनमा दस्तखत प्रमाणित गर्दा कतिपय सूचिकृत कम्पनीहरु -शेयर रजिष्टारको काम गर्ने समेत)ले केही उल्लेख नगरिएको खाली फारममा दस्तखत प्रमाणित गर्ने, हातको सट्टा खुट्टाको ल्याप्चे छाप प्रयोग गर्ने तथा बिक्रीकर्ताको तीन पुस्ते नभिर्डाई दस्तखत प्रमाणित गर्ने गरेको समेत देखिएकोले यस लि. को ध्यानाकर्षा भएको छ । तर्सथ माथि उल्लेखित विषयहरुमा आवश्यक सावधानी अपनाई निवेदनमा दस्तखत प्रमाणित गरिदिन हुन अनुरोध छ ।
साथै कम्पनी ऐन, २०६३ दफा ४३ र ४४ मा उल्लेख भए अनुसार क्रमशः धितोपत्र दाखिल खारेज गर्न निवेदन परेमा सम्बन्धित कम्पनीले निवेदन परेको १५ दिन भित्र दाखिल खारेज गर्नुपर्ने स्पष्ट कानूनी प्रावधान रहेतापनि कतिपय सूचीकृत कम्पनीहरुले यस नियमलाई बेवास्ता गरी लामो समय सम्म शेयर दाखिला नगरी नामसारी हुन नसक्नुको कारण समेत जनाउ दिने नगरेको भन्ने गुनासो सम्बन्धित दलाल कम्पनी तथा लगानीकर्ताहरुवाट समेत प्राप्त हुने गरेकोले यस प्रति विशेष ध्यान दिई शेयर दाखिल खारेज कार्यलाई नियमित तथा सहज बनाई लगानीकर्ताहरुको हित पर््रबर्द्धन एवं स्टक एक्सचेन्जको कारोवार प्रणालीलाई छिटो छरितो संचालन गर्न सहयोग पुर्याई दिन सम्पर्ुण्ा सूचिकृत कम्पनीहरु एवं शेयर रजिष्टारको काम गरिरहेका कम्पनीहरुलाई विशेष अनुरोध गरिन्छ । साथै यस अनुसार काम कारबाही नगरी हेलचक्र्याईँ गरेमा नियम अनुसार कारबाही अगाडी बर्ढाईने जानकारी गर्राईन्छ ।
Please download file for pdf version.
Download / Open signatureverification-1.pdf
|
|
|
|