|
|
 |
Home > Media >Press Release
|
Press Release

|
 |
Press Release — 2010-02-24
प्रेश-विज्ञप्ति
नेपाल इन्भेष्र्टस फोरम, साधारण लगानीकर्ता संघ तथा धितोपत्र लगानीकर्ता संघको संयुक्त आयोजनामा विभिन्न मागसहित मिति २०६६/११/११ मा विरोधका कार्यक्रम र्सार्वजनिक गर्ने क्रममा फागुन १२ र १३ गते नेपाल स्टक एक्सचेन्जको र्सभर डाउन गर्ने कार्यक्रम प्रति हाम्रो गम्भीर ध्यानाकर्षा भएको छ ।
सूचीकृत धितोपत्रहरुको कारोबारका लागि प्रविष्टि गरिएको डाटा म्याचिङ गर्ने कारोबार भएको तथ्यांक सुरक्षित रुपमा संरक्षण गरी राख्ने, बिलिङ तथा राफसाफ एवं फछ्र्यौटका लागि तथ्यांक अवलोकन तथा प्राप्त गर्ने मुख्य माध्यमको रुपमा रहेको र्सभरमा लगानीकर्ताहरुको लगानी सम्बन्धी विवरण हुने हुँदा जोकोहिको पहुँच नहुने र तोकिएको अधिकृत बाहेक अन्यले प्रवेश नपाउनेजस्तो संवेदनशील ठाउँमा रहेको र्सभर डाउन गर्न लगाउने जस्ता कार्यक्रमहरु लगानीकर्ताहरुको हित प्रतिकुल हुन जाने देखिन्छ ।
सूचीकृत धितोपत्रहरुको दोस्रो बजारमा बिक्रीकर्ता ग्राहकले सदैव बढी मूल्यमा बिक्री गर्न खोज्ने र खरिदकर्ता ग्राहकले सस्तो मूल्यमा खरिद गर्न खोज्ने हुँदा यसरी बजार बन्द हुँदा खरिद र बिक्री मूल्य अंकित गर्न नपाउने भएकोले लगानीकर्ताहरुको हित संरक्षण नहुने तर्फपनि हामी सबै संवेदनशील हुनर्ुपर्छ ।
उपत्यकाबाहिर शेयर दलालको शाखा खोली कारोबार सुरु गर्ने, लगानीकर्ताको जानकारीका लागि सोधपुछ डेक्स राख्नेलगायतका नेपाल स्टक एक्सचेन्जबाट पुरा हुनसक्ने मागसमेत पुरा भैसकेको र नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डबाट समेत कतिपय मागहरु सम्बोधन भएको र हुने क्रममा रहेकोले आफ्ना माग पुरा गराउन अरुको अधिकार वञ्चित नगराउन र शेयर बजारको कारोबार सहज रुपमा सञ्चालनमा सहयोग पुर्याउनका लागि उल्लेखित लगानीकर्ता संघहरुलाई पुनः आग्रह गर्दछौं ।
मितिः २०६६/११/१२
please download file for pdf version.
Download / Open addressinginvestorprotest.pdf
|
|
|
|