|
|
 |
Home > Media >Press Release
|
Press Release

|
 |
Start of Trading from Biratnagar — 2010-03-04
प्रेश-विज्ञप्ति
नेपाल स्टक एक्सचेन्ज लिमिटेड -नेप्से)ले काठमाडौं केन्द्रीत दोस्रो बजार कारोबारलाई विस्तार गर्दै लैजाने क्रममा मिति २०६६/११/१७ देखि परिक्षणको रुपमा सदस्य सेयर दलाल नेपाल स्टक हाउस -संकेत नम्बर १४) ले पोखराबाट कारोबार शुरु गरेपश्चात उपत्यका बाहिर बाट कारोबार गर्ने नेपाल इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज ट्रेडिङ प्राइभेट लिमिटेड -संकेत नम्बर १९) दोस्रो सदस्य दलाल भएको छ । नेपाल इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज ट्रेडिङ प्राइभेट लिमिटेडले आज मिति २०६६/११/२० मा विराटनगरबाट कारोबार शुरु गरेको हो ।
नेप्सेको अभिलेख अनुसार नेपाल इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज ट्रेडिङ प्राइभेट लिमिटेडले विराटनगरस्थित रिमोट वर्क स्टेसन -आरडब्लुएस) बाट जम्मा ४ कारोबारमा ७ लाख ७३ हजार रुपैयाँ बराबरको ३ सय ५० कित्ता सेयर किनबेच गरेको छ । यसैगरी नेपाल स्टक हाउस -संकेत नम्बर १४) ले पोखराबाट मिति २०६६/११/२० मा २३ कारोबारमा १५ लाख २० हजार रुपैयाँ बराबरका २ हजार ८ सय ६३ कित्ता सेयर किनबेच गरेको छ । पहिलो चरणमा फाइबर अप्टिकल जोडिएका शहरबाट कारोबार सुरु गर्ने नेप्सेको योजना अनुसार स्टक हाउसले पोखराबाट र नेपाल इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज ट्रेडिङले विराटनगरबाट कारोबार सुरु गरेका हुन । पोखराबाट कारोबार सुरु गर्न प्रिमियर सेक्युरिटिज -संकेत नम्बर ३२) र विराटनगरबाट प्रज्ञान सेक्युरिटिज -सदस्य नम्बर १०) ले स्वीकृति पाइसकेका छन् ।
नेपाल धितोपत्र दलाल संघको समन्वयमा पोखरा र विराटनगरका अतिरिक्त वीरगञ्ज, नारायणगढ, बुटवल र नेपालगञ्जबाट पनि सेयर दलालको रिमोट वर्क स्टेसन -आरडब्लुएस)मार्फ कारोबार गराउने प्रक्रिया सुरु भइसकेको छ । यस अनुसार नेपालगञ्जबाट ३ र अन्य शहरबाट ४/४ सदस्य दलाल व्यवसायी निकट भविष्यमै कारोबार सुरु गर्ने क्रममा रहेका छन् । यसबाट उपत्यका बाहिरका सेयर लगानीकर्ता लाभान्वित हुने र पुँजी बजारको विकासमा महत्वपर्ूण्ा टेवा पुग्ने विश्वास नेप्सेले लिएको छ ।
मितिः २०६६/११/२०
Download / Open trading from biratnagar.doc
|
|
|
|